काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् ।
चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।
चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।
नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । नयाँ पत्रिकाले खबर छापिएकाे छ ।
प्रतिक्रिया