उदयपुर – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।
न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो ।
ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए ।
सोमबारै पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबार मात्रै घटना सार्वजनिक भएको हो ।
प्रतिक्रिया