काठमाडौं - आज एक कार्यक्रम मार्फत नेत्रविक्रम चन्द 'विप्लव' सार्वजनिक हुँदै छन् । उक्त कार्यक्रमको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली र 'विप्लव'ले एउटै मञ्चबाट संयुक्त रुपमा गर्ने भएका हुन् ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सरकार र विप्लव समुहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका एक सदस्यले बताए ।
दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरू आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् ।
सरकार र विप्लव समुहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो । सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् ।
विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया