काठमाडौं- बिहीबार नेपाल स्टक एक्सेक्च(नेप्से)परिसुचक कारोबार सुरु भएको दुई घण्टाको अवधीमा ७३.८९ को बिन्दुमा पुगेको छ । कारोबार सुरु भएको दुई घण्टामा परिसुचक ३.०६ प्रतिशतले उकालो लागेर २४८९.८९ को बिन्दुमा पुगेको हो ।
कारोबारका १३ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ ।
एक बजेसम्म कारोबारमा आएका २०० कम्पनीमध्ये १६६ कम्पनीको शेयरमुल्य बढेकाृे छ भने ६ कम्पनीको शेयरमुल्य घटेको हो ।
सोही अवधीसम्म ८७ लाख ४३ हजार १७२ कित्ता शेयर ३१ हजार ३४६ पटक खरिद बिक्री हुदाँ २ अर्ब ९८ करोड १३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया