ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने पौडेलको भनाइ

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताएका छन् । 

प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाइ समर्थन गर्न नैतिकताले नदिने बताएका हुन् । 

साथै प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । यतिखेरको राजनीतिमा केपी ओली बाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनु पर्ने बताए ।

उनले भने  ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन । यदी यस्तो भयो भने कांग्रेस अरुको खेलौँना भएर भुमिका विहिन हुन सक्छ । अहिलेको देशको संकट अरुलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसको लागी प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक  हुन सकिन्छ ।’ 

तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया