काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभाको बुकक्लोजसँगै आज बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।
(नेप्से) ले कम्पनीको ३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ९६६ रूपैयाँ समायोजित मूल्य कायम गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य १ हजार रुपैयाँका आधारमा बोनस समायोजन गरिएको हो ।
यससँगै नेप्सेमा बिहीबार लघुवित्तको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।
प्रतिक्रिया