केयूकेएलकी कर्मचारी अख्तियारको फन्दामा

७ बर्ष अगाडि

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), कर्मचारी मायादेवी भट्टराई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा प्रक्रिया अघि बढाएको छ । 
 भट्टराईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक (प्रशासन) तह ४ करार सेवामा प्रवेश गरी सोही पदमा स्थायी नियुक्ति समेत भइ लाभ तथा सुविधा समेत लिएको देखिन आएको अख्तियारले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया