काठमाडौं- साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३९.२३ अंकले ओरालो लागेको छ ।
हिजोदेखि ओरालोको यात्रातय गरेको नेप्से बुधबार पनि कारोबारको अन्तिम समयसम्म पनि उकालो लाग्न सकेन् । परिसुचक १.६० प्रतिशतले ओरालो लागेर २४१६ को बिन्दुमा पुगेको छ ।
आज सेन्सेटिभले अन्तिम समयसम्म नै ओरालोको यात्रा तय गर्दैै ७.१२ अंकले घटेर ४३६.८० को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।
कारोबारमा रहेका १३ उपसमुहमध्ये दुई उपसमुह भने अन्तिम समयसम्म आउँदा पनि हरियोमा नै कायम रहेका छन् । व्यापार समुह ३०६.५४ अंकले बण्ेर ३६१७.२१ को बिन्दुमा पुगेको छ भने होटेल समुह ३५.१७ अंकले बढेर २१६९.८१ को बिन्दुमा पुगेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका २१२ कम्पनीमध्ये २९ कम्पनीको शेयरमुल्य बढेको छ भने १३९ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
अन्तिम समयसम्म १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६३ हजार ६७४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५४ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये नेपाल टेलिकमले २९ करोड ९७ लाख ६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया