बुधबार नेप्सेमा प्रभु बैंकको बोनस शेयर  सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको बोनस शेयर  सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार सूचीकृत भएको बैंकको उक्त बोनस गत पुस २६ गते सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया