काठमाडौं – लाभांश घोषणा गर्दा पनि नेपाल दुर सञ्चार कम्पनी लिमिटेड (एनटीसी) को शेयर मुल्य भने घटेको छ । कम्पनीले आज गत आवको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने भनेर घोषणा गरेको छ । यसरी कम्पनीले आर्कषक लाभांश घोषणा गर्दा पनि कम्पनीको शेयर मुल्य भने बढ्नुको सट्टा घटेको छ ।
यो समचार तयार पार्दासम्म कम्पनीको शेयर मुल्य ७१ अंकले घटेको छ । हिजो कम्पनीको शेयर मुल्य १२७२ रुपैयाँ थियो । हालसम्म त्यो ५.५८ प्रतिशतले घटेर १२०१ मा कारोबार भइरहेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ११९४ रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया