काठमाडौं- बुधबार नेपाल स्टक एक्सेक्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ५४.५४ अंकले घटेर २४०० को बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचक दुई घण्टाको अवधीमा २.२२ प्रतिशतले ओरालो लागेको हो ।
सेन्सेटिभ पनि आज सोही अवधीसम्म आइपुग्दाँ ११.१८ अंकले घटेर ४३२.७३ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुहमध्ये २ उपसमुह भने आज पनि उकालो यात्रामा रहेका छन् । व्यापार समुह ३०६.५४ अंकले उकालो लागेको छ । यस्तै,होटेल समुह २७.७१ अंकले उकालो लागेको हो ।
कारोबारमा आएका २०२ कम्पनीको ५२ लाख ३३ हजार ३८३ कित्ता शेयर २९ हजार ३३६ पटक खरिद बिक्री हुदाँ २ अर्ब ९५ करोड ६३ लाख रुपैंयामा कारोबार भएको छ ।
प्रतिक्रिया