तीन  किशोरीले  गरे विद्यालय भित्रै  विष सेवन

७ बर्ष अगाडि

बुटवल – गुल्मीको एक विद्यालयका तीन वटी छात्राले आज दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरु्रले विष सेवन गरेर बेहोस भएका ह्ुन  ।

  रमिता नाम परिर्वनले माया प्रेमको  चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले  पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भई उपचार्थ पाल्पा पठाईएको प्रहरीले  जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।

विद्यालय बन्द भए पनि एक  जना शिक्षकले म्याथ विषय पढाउँदै थिए ।  सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे  खुलेको  छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माच हत्या गरेकी थिईन । 

७ बर्ष अगाडि

प्रतिक्रिया