सर्यो ज्योति लाइफको आइपीओ निष्काशन मिति

५ बर्ष अगाडि

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन मिति सरेको छ । 

यस अघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाए पनि सिडिएस एण्ड क्लियरिङ हाउसले कम्पनीको शेयर 
निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेको हो ।

अब कम्पनीको आइपीओ फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुनेछ । 

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया