कारोबारको तेस्रो दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ ।
कारोबारको सुरुवातमा झिनो अंकले बढे पनि केही समयबाटै ओरोलो यात्रा तय गरेको नेप्से अन्तय सम्म आइपुग्दा ५९.७७ अंकले घटेर २४ सय ५५.२६ को विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीहरु मध्य १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, आज नेप्सेमा १ करोड ३१ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै एशियन लाइफको २८ करोड र निफ्राको २५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूह मध्य ११ उपसमूह ओरालो लागेका छन् ।
प्रतिक्रिया