काठमाडौ- मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको तेस्रो घण्टासम्म आउँदा झन्डै ५८ अंकको गिरावट आएको छ ।
दुई बजेसम्म आइपुग्दाँ परिसुचक ५७.९५ अर्थात २.३० प्रतिशतले ओरालो लागेर २४५७.०८ को बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ परिसुचक पनि ९.३८ अंकले ओरालो लागेर ४४४.३७ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह भने उकालो लागेका छन् भने बाँकी उपसमुह ओरालो लागेका हुन् ।
घण्टाको अवधीसम्म कारोबारमा आएका २०३ कम्पनीको ७८ लाख ९ हजार ७८१ कित्ता शेयर ४१ हजार २१० पटक खरिद बिक्री हुदाँ ३ अर्ब ६५ करोड ४९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया