सरकार - नेकपा वार्ता : विप्लवको तर्फबाट प्रकाण्डकाे नेतृत्वमा वार्ताटोली गठन

५ बर्ष अगाडि

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ ।

नेकपा स्रोतका अनुसार सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेपछि विद्रोही नेकपाले पनि प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले फागुन ८ गते सहज अवस्थामा वार्ता गर्ने घोषणा गरेका थिए । लगत्तै सरकारले आजै वार्ता टोलीको घोषणा गरेको हो ।

सरकारको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब विप्लव नेतृत्व नेकपाको धारणापनि सार्वजनिक हुँदैछ ।

नेकपाले केही समय पहिले नै प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ताका लागि कार्यदल बनाएको थियो । कार्यदलको सदस्यमा धर्मेन्द्र बास्तोला र चिरन पुन रहेको थिए । तर, बास्तोला पक्राउ परेपछि वार्ता टोलीको सदस्यमा केही हेरफेर हुन सक्ने स्रोतको भनाई छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया