काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबरको दोस्रो घण्टासम्म आउँदा २८.३६ अंकले घटेको छ ।
एक बजेसम्म आइपुग्दाँ परिसुचक १.१३ प्रतिशतले घटेर २४८६.६७ को बिन्दुमा पुगेको छ । आज सुरुवातबाट नै ओरालो लागेको नेप्से परिसुचक २५१५.०३ को बिन्दुबाट सुरु भएको थियो ।
कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह उकालो लागेका छन् । व्यापार समुह २७८.४९ अंकले बढेर ३३१०.६८ को बिन्दुमा र होटल समुह ४२.७९ अंकले बढेर २१६०.५८ को बिन्दुमा पुगेको छ भने बाँकी ११ उपसमुह ओरालो लागेका छन् ।
दुई घण्टाको अवधीमा कारोबारमा आएका २०० कम्पनीको ३८ लाख १६ हजार ५३५ कित्ता शेयर २३ हजार ६४३ पटक खरिद बिक्री हुदाँ १ अर्ब ९१ करोड ९२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया