साना किसान विकासले ९ हजार ७४ कित्ता हकप्रद शेयर लिलामीद्वारा विक्री गदैँ

५ बर्ष अगाडि

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्थाले नबिकेको  ९ हजार ७४ कित्ता हकप्रद शेयर लिलामीद्वारा विक्री गर्ने भएको छ । 

कम्पनीले उक्त हकप्रद शेयर फागुन २८ गतेदेखि विक्री गर्ने भएको हो । 

कम्पनीले मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुनः विक्री गर्न लागेको हो । उक्त हकप्रद खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

आवेदकले न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० ले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया