प्रधानमन्त्री ओली आज झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदै

४ बर्ष अगाडि

काठमाडौँ - दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको छ ।

त्यसलगत्तै बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने बताइएको छ । सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने बताइको छ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री ओली देश दौडाहा निस्किएका हुन् ।

विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त भएका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा(५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया