नेपाल सरकार र विप्लव समूह बीच छिट्टै सहमति हुने

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् ।

उनले आज  निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै  उक्त कुरा बताएका हुन् ।

उनले भने,  ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ 

यस अघि सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । उता केहि दिन अघि मात्र पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया