गृहमन्त्रीका रामबहादुर थापा ‘बादल’का स्वकीय अधिकृत वीरु तामाङ बर्खास्त भएका छन् । बादलले स्पष्ट कारण नखुलाइ अधिकृत तामाङ लाई बर्खास्त गरेका हुन् ।
गृहमन्त्री थापाले तामाङलाई दिएको पत्रमा भनिएको छ, ‘तपाईं मेरो स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत रहिरहनुभएकोमा मिति २०७७÷१०÷३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ ।’
प्रतिक्रिया