रघुजी पन्तविरुद्ध कानुनी प्रक्रियामा जादै कोमल वली

४ बर्ष अगाडि

राष्ट्रियसभा सदस्य कोमल वलीले  प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन्। 

वलीले पोइला जान पाम भनेपछि सांसद् बनाएको भन्ने अभिव्यक्ति दिएका पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी हुन् ।  दाङमा रहेकी सांसद वलीले पर्सी काठमाडौंमा आइसकेपछि वकिलसँग परामर्श गरेर कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएकी छिन् ।

पन्तले एक कार्यक्रममा कोमल ओलीले पार्टीको लागि योगदान नगरेको तर, पिडौला देखाउँदै पोइला जान पाम भनेपछि सांसद् बनाएको भन्ने अभिव्यक्ति दिएका पछि वलीले मुद्दा दायर गर्न लागेकी हुन् ।

वलीले पन्तको अभिव्यक्तिबारे कडा आपति जनाएकी छिन् । आइतबार एक ट्वीट गर्दै वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै पन्तको निच सोचको निन्दा गरेकी छिन् । पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको प्रतिक्रिया दिएकी छिन् ।

नेता पन्तको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला सांसद वलीले कानुनी बाटो रोज्ने प्रतिक्रिया दिएकी हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया