पूँजी वृद्धि गर्दै शिखर इन्स्योरेन्स, बोनस सहित हकप्रद प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा

५ बर्ष अगाडि

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा बोलाएको छ ।  

फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा चैत्र ९ गते, सोमबार कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा बिहान ११ बजेबाट हुने भएको छ ।

सभाबाट कम्पनीले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

यसका साथै, सभामा कम्पनीको  पुस २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया