आज कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट आएको छ ।
कारोबार सुरु भएको केहि समयमै ओरालो यात्रा तय गरेको नेप्से १२ बजे सम्ममा ५३.३७ अंकले घटेर २५००.७६ को विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीहरु मध्य १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, अहिले सम्ममा ४४ लाख कित्ता शेयर खरिदबिक्री हुदाँँ २ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया