काठमाडौं - नेकपा प्रचण्ड(नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत जाँदै छन् । उनी अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च जाने भएका हुन् ।
यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए ।
प्रतिक्रिया