काठमाडौं – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे भ्रामक खबर लेखेको भन्दै प्रहरीले मंगलबार ‘पाथिभरा अनलाइन डटकम’ का अध्यक्ष/सञ्चालक हरि मानन्धरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार साँझ ६ बजे मानन्धरलाई उनकै निवास गोठाटारबाट पक्राउ गरेको हो । मानन्धरको अनलाइनले शनिबार र आइतबार प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर आपत्तिजनक समाचार र सनसनीपूर्ण हेडलाइन लेखेको थियो । त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भ्रामक प्रचार भएकाले त्यसबारे बुझ्न पक्राउ गरिएको जनाए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया