नेप्सेमा समायोजन भयो स्वरोजगार लघुवित्तको शेयरमूल्य

५ बर्ष अगाडि

काठमाडौं - आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । संस्था १२.३९ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको हो । 

बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३१५ तोकिएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४७८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया