महेन्द्रनगर–महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका प्रमुख केशव दत्त जोशी विवादमा तानिएका छन् ।
कार्तिक महिनाको पहिलो साता जीप चालक अनुमतिपत्र खोलिए संगै कार्यालय प्रमुख जोशी विवादमा तानिएका हुन् ।
पैसा खाएर लाइसेन्स वितरण, निर्देशिका विपरित मोनोपोली ढङ्गले परिक्षा सञ्चालन गरेको जस्ता विभिन्न आरोप प्रमुख जोशी लाई लागेका छन् ।
ट्राईल लिने स्थलमा जेब्राक्रसिङ सहि ढङ्गले नराखिएको, ट्राफिक लाइट जडान नगरिएको, ट्राईल स्थल समेत यातायात निर्देशिका बमोजिम नभएको र परिक्षार्थीहरुलाई डेमोस्टेसन नगराई नै आफैले मौखिक रुपमा नियम बनाएर ट्राईल लिइएको परिक्षार्थीहरुको आरोप छ ।
बजारबाट आउने डिमाण्ड, विभिन्न पार्टिका भातृ संगठनका लागि बार्गेनिङ अनुसार लाइसेन्सको कोटा छुट्टाउने र पहुचवालाको भागमा प्रतिव्यक्ति ६ देखि ८ हजार सम्मको व्यापार नै चलाउने गरेको, यातायात कार्यालय अगाडि व्यवसाय गर्दै आएका एक व्यवसायीले बताए ।
महेन्द्रनगरको यातायात कार्यालयलाई हाकिमले मनोमानि ढङ्गले आफ्नो दोकान जसरी चलाउने गरेको र बिना पहुचवाला सेवाग्राहीहरुको काम निकै सुस्त तरिकाले गर्ने गरेको उनले बताए । नेपाल समाचारपत्रले खबर छापेकाे छ ।
प्रतिक्रिया