कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न सुहाउँदैन : शेखर कोइराला

४ बर्ष अगाडि

काठमाडौं -  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने कुरा गर्न नसुहाउँने बताएका छन् । उनले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमै बस्ने म्याण्डेट रहेको बताउँदै यस्तो बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताए हुन् ।

नेपाल निजामती कर्मचारी युनियन मोरङले विराटनगरमा आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै कोइरालाले सिंगो पार्टी अहिले महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए ।

कोइरालाले नेकपा अझै विभाजन भई नसकेकाले ‘कांग्रेस पर्ख र हेर’को रणनीतिमा रहनुपर्ने बताए ।

कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरूलाई दुस्ख दिइरहेको भन्दै त्यस्तो कार्य तुरुन्त रोक्न चेतावनी पनि दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया