ओलीसँग बहुमत रहेको भट्टराईको दाबी

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको नेपाल कम्युनिष्ट पार्टी ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयार रहेको पनि भट्टराईको भनाइ छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबीका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढी सांसद छन् ।’


उनले जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए । 

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया