काँग्रेस नेता जोशी अझै कोमामा , राष्ट्रपतिबाट स्वास्थ्यलाभको कामना

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकि छिन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उहाँका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको थियो । 

शुक्रबार अस्पातल  भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेकि थिइन् ।

जोशीको स्वास्थ्यमा सुधार आए भनिएता पनि अझै होस भने आउन सकेको छैन ।  चिकित्सकका अनुासर जोशीका दाहिने हातखुट्टा बिस्तारै चल्न थालेको देखिएपनि होस आउन सकेको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया