नेप्सेमा थपियो लगानी समूह

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेका अनुसार फागुन ७ गते नेप्सेको व्यवस्थापनले गरेको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरिएको हो ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ ।

आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया