स्वास्थ्यस्थिति मध्यनजर गर्दै प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

७ बर्ष अगाडि

काठमाडौं–सम्माननीयप्रधानमन्त्री के.पी. शर्मा ओलीज्युको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । 
धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले उहाँसँगको भेटघाटमा रोक लगाएको हो ।मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारीगर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनुआफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,– ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकताभएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्धगरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौ।’
प्रधानमन्त्रीओलीकात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दनअर्यालले प्रेस नोट जारी गरि प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्यअवस्थाकाबारेमाजानकारी गराउनुभएको छ । अर्यालले जारी गरेको नोटमा प्रधानमन्त्रीओलीले देश भित्र र बाहिरबाट आफ्नो स्वास्थ्यअवस्थाबारे चिन्ता र चासो व्यक्तगर्नुहुने सम्पुर्ण नेपालीदिदीभाई–दाजुबहिनीतथाविदेशीमित्रहरु प्रतिआभार प्रकट गरेको उल्लेख छ । साथै अर्यालले प्रधानमन्त्रीको स्वास्थ्यक्रमिक सुधार भएको समेत जानकारी गराउँदै अस्पतालले समय समयमाजारी गर्ने विज्ञप्तिहरुबाट आधिकारीकजानकारी पाउन सकिने जनाउनुभएको छ ।


 

७ बर्ष अगाडि

प्रतिक्रिया