आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

५ बर्ष अगाडि

काठमाडौं - सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ९आइपिओ० को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक  वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको थियो । 

यो नियम हिजो बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाट नै लागू भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया