नेकपाका मुख्य सचेतकमा भट्टराई नियुक्त

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहेका थिए  । 

४ बर्ष अगाडि

प्रतिक्रिया