कात्तिक – प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका नेताचन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार रिपोर्टर्सक्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँचआउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएकाहुन् ।
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले भने,“संसारमा यति अराजक र भ्रष्ट कहीँपनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।”
नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुननसकेको भण्डारीको तर्क थियो । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ऋषिधमला माजस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने ।
नेपालका युवा नेताहरुले पनिहाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।
साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेतातथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजायहुनुपर्नेमाजोड दिए ।
पछिल्लो समय नेपालमाहत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नकालागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको मागथियो ।
अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविकभएको भन्दै उनले ५ वर्षमागर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफलभन्ननहुने तर्क गरे ।
सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिकहक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।
“मुलुकले दिशा समात्नलागेको छ । तर समस्या धेरै छन् । समाधानपनिहुँदै जान्छ ।”–उनले भने ।
प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलितनहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमालिइने बताए । “सरकारले कामगरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन् ।” सुनुवारले भने ।
नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकताप्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अबएकता प्रक्रिया टुङ्ग्याउँछाँै ।” सुनुवारले भने ।
राष्ट्रिय जनतापार्टीका अध्यक्ष मण्डलका सदस्यएवम् सांसद महेन्द्र राययादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।
“संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”–यादवले भने ।
राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो ।
सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए ।
प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधापुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे ।
प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाबदिएको जानकारी दिदै उनले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे ।“बलात्कारी समात्नन सक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।
प्रतिक्रिया