कुटपिट गरेको आरोपमा नायक पल साहविरुद्ध प्रहरीमा उजुरी

४ बर्ष अगाडि

विराटनगर - नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया