काठमाडौं - आज दुई लघुवित्त कम्पनीको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले गणपति लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ५४२ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ७७३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
त्यस्तै, नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ७४८ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य रू. ३ हजार ३२५ मा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया