नेप्सेमा तीन वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर सुचिकृत

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज (बिहिबार) ३ वाणिज्य बैंकको ३ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मेगा बैंक, कृषि विकास बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सुचिकृत भएको हो ।

आज मेगा बैंकको  १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनस शेयर, कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनस शेयर र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजर १ दशमलव ४७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

 आज नै ग्लोबल आइएमई लघुवित्तको  ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया