४ अर्ब लगानीमा ३ सय घर भएको हाउजिङ परियोजना निर्माण !

५ बर्ष अगाडि

भैरहवामा विशाल हाउजिङ परियोजना निमार्ण हुने भएको छ । काठमाडौं उपत्यका बाहिर पहिलो पटक भैरहवामा ४ अर्ब रुपैयाँ लगानीमा ३ सय घर भएको ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरु भएको हो ।

आधुनिक सुविधा सम्पन्न  हाउजिङमा पहिलो चरणमा १०५ घर निर्माण र दोस्रो चरणमा १९५ घरहरु निर्माण गरिने छ । पहिलो चरणमा बन्ने घरहरु १ वर्ष ६ महिना र दोस्रो चरणका घरहरु पहिलो चरणको निर्माण सकिएको एक बर्षपछि निर्माण सुरु हुने छ । 

१४ बिघा क्षेत्रफल जग्गामा निर्माण हुने  परियोजना भित्र बन्ने घरहरु १३ धुरदेखि १८ धुर क्षेत्रफलसम्म फैलेका हुनेछन् । साढे दुई तलामा बन्ने सबै घरहरु चारवटा विभिन्न डिजाइनमा तयार हुनेछन् । 

भैरहवा क्षेत्रकै सबैभन्दा ठूलो मानिएको यो हाउजिङ परियोजनाभित्र चौडा सडक, पर्याप्त खुला ठाउँ, हेल्थ क्लब, स्वीमिङ पुल, रेष्टुरेन्ट, सपिङ सेन्टर र सुविधासम्पन्न हल निर्माण हुनेछ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया