अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

७ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक  ERSHA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया