आज कारोबारको पहिलो घण्टा नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
१२ बजे सम्म आइपुग्दा नेप्से परिसूचक १९.२२ अंकले घटेर २५ सय ७९.८५ को बिन्दुमा पुगेको हो ।
अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४२ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, १२ बजे सम्ममा १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया