नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।
उनी आज विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेका हुन् ।
उक्त भेटमा गौतमले आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको स्रोतले बताएको छ ।
यस अघि मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
प्रतिक्रिया