को तर्फ जाला काँग्रेस ? पदाधिकारी बैठक बस्दै

४ बर्ष अगाडि

प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । दुवै समूहले संसदीय दलमा आफूसँग बहुमत भएको दाबी गरिएका छन् ।

नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल  १ सय ३८ सांसद पुर्‍याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य  देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया