बकाठमाडौं - नेकपा ओली समूहले बिहीवारको लागि बोलाएको स्थायी कमिटी बैंठक स्थगित भएको छ ।
बुधवारदेखि शुरू भएको बैठक बिहीवार बिहान बस्ने तयारी थियो । तर बिहीवारको बैठक स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
बुधवारको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको थियो । बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उर्जा मन्त्री टोपबहादुर रायमाझी , खानेपानी मन्त्री मणिचन्द्र थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायत नेताहरू उपस्थित भएका थिए ।
बैठकमा सर्वोच्च अदालतले गरेको फैसला अनपेक्षित भएपनि स्वागत गर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया