आज ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

आज नेप्सेमा ६ कम्पनकिो लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्न लागेको नेशनल माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त र गणपतिको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

नेशनल माइक्रोफाइनान्सले  २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले चैत्र ५ गते साधारणसभा बोलाएको छ । 

त्यस्तै, स्वरोज्गार लघुवित्तले  १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद गरि कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २९ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै, गणपति लघुवित्तले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २८ गते साधारणसभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया