मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानको अनुसन्धान केन्द्रका लागि पूर्वाधार उपलब्ध

५ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अनुसन्धान केन्द्र सञ्चालनका लागि जमीनलगायतका पूर्वाधार उपलब्ध गराउने सम्बन्धमा आज सम्झौता भएको छ ।
 
केन्द्र सञ्चालन गर्नका लागि प्रतिष्ठान र हेटौँडा उपमहानगरपालिका–८ स्थित लोकतान्त्रिक ऐतिहासिक पार्क समितिबीच जग्गा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भई कार्य प्रक्रिया अगाडि बढाइएको हो । 

प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई का  अनुसार उक्त पार्क  समितिले भोगचलन गर्दै आएको १० कट्ठा जग्गासहित भौतिक संरचना भोग गर्नेगरी  सम्झौता भएको जानकारी दिइएको छ । तीस वर्षका लागि सो पार्कमा निर्माण भएको सभाहल, कार्यालय भवन र जग्गा निःशुल्क उपलब्ध गराउने सहमति भएको उनले भने । 

त्यहाँ स्वास्थ्य मेडिकल, मानवमा देखिने स्वास्थ्य समस्या, विभिन्न भाइरस तथा महामारीलगायतका क्षेत्रमा जनशक्ति व्यवस्थापन गरी अनुसन्धान गरिने बताइएको छ । सो केन्द्रमा संयोजकका साथै अल्पकालीन र दीर्घकालीनरुपमा योजनाका आधारमा अनुसन्धान केन्द्रमा जनशक्ति, विज्ञ, अध्ययनकर्ता र अनुसन्धानकर्ताको व्यवस्थापन हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया