काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तिय संस्थाको जम्मा ११ लाख ८१ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी जम्मा ११ लाख ८१ हजार ९७६ बोनस शेयर सूचीकृत भएको छ ।
यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत गराएका हुन । आशा लघुवित्तको १५ प्रतिशत र वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।
सूचीकृत भएको उक्त बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
प्रतिक्रिया