महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

५ बर्ष अगाडि

काठमाडौं-  महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर मिति  फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने भएको छ ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया