काठमाडौं- आज नेप्से परिसूचक अघिल्लो दिनभन्दा १२.५६ अङ्क अर्थात् ०.४९ प्रतिशत बढेर २५९९.०८ को बिदुमा पुगेर बजार बन्द भएको छ।
आजको कारोबार समयमा नेप्से परिसुचक बढीमा २६२४.७८५५ र कममा २४९७.७३०४ पुगेको थियो।
आज १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेशेयरको खरिद बिक्री भई ६ अर्ब ७० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा आज अन्तिम समयसम्म कूल २०४ कम्पनी कारोबारमा आएका थिए ।
आज आइएमई जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा गिरावट आयो।
निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ।
बुधबार प्राविधिक समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो। प्रणालीमा गडबढी आउँदा निफ्राको भाउ १०० प्रतिशत घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो।
प्रतिक्रिया